अपराध


सिरहामा बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

सिरहामा बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

प्रतिकात्मक तस्बिर


शैलेन्द्र महतो
असार १४ , जनकपुर

सिरहामा बोक्सी भन्दै एक महिलालाई मलमूत्र खुवाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले भगवानपुर गाउँपालिका–४ ठाडी टोलकी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला देवी साहलाई नियन्त्रणमा लिएको हो। 

उनीहरूले छिमेकी ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएर आरोप छ। 

यही असार ११ गते दिउँसो साढे १२ बजेतिर कामैतलाई दुवै जनाले मलमूत्र खुवाएको सिरहाका प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए। 

दुवै अभियुक्तलाई इलाका प्रहरी कार्यालय (लहान) को हिरासतमा राखेर बोक्सी आरोप कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको उनले बताए।
 

असार १४, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.