ad ad

अपराध


लिफ्ट माग्दै कर्मचारी कुटेर कारसहित भागेका तीनैजना भारतीय पक्राउ

लिफ्ट माग्दै कर्मचारी कुटेर कारसहित भागेका तीनैजना भारतीय पक्राउ

गोकुल जोशी
असार १३, २०७९ सोमबार १७:५०, कन्चनपुर

कैलालीको गोदावरी नगरपालिका-५ बूढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर कार लुटेर भागेका तीनजना पक्राउ परेका छन। 

उनीहरु कार भेटिएको स्थाननजिकै जंगलमा लुकेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले बताए।

पक्राउ पर्नेमा भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगतसिंह, त्यही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँट रहेका छन्। 

 उनीहरुलाई गोदावरी नगरपालिका-१ स्थित  ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो। त्यही ठाउँमा लुटिएको कारसमेत फेला परेको प्रहरीले जनाएको छ।

उनीहरु डडेल्धुराको आलीताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरी कारसहित भागेका थिए। 

उनीहरु तीनैजनालाई कैलाली प्रहरीले सोमबारै सार्वजनिक गरेको छ। आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर भण्डारी सोमबार महेन्द्रनगरबाट डडेल्धुरा हिँडेका थिए। 

तर, उनलाई बीच बाटैमा लिफ्ट मागेर लुटपाट र कुटपिट गरिएको थियो। टाउको र शरीरका अन्य भागमा चोट लागेका घाइते भण्डारीको अहिले उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .