देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो च्वाइस च्यानललाई एभ्रिडे लो प्राइस (ईडीपीएल) अवधारणा सहित नयाँ रूपमा प्रस्तुत गरेको छ।
यसका माध्यमबाट वर्षभरि नै दैनिक आवश्यक सामग्रीहरू किफायती मूल्यमा उपलब्ध गराउने सुनिश्चितता प्रदान गर्दछ। स्वास्थ्य तथा सौन्दर्य, किराना लगायत बारम्बार खरिद गरिने श्रेणीहरूका लागि डिजाइन गरिएको ईडीपीएलले किफायती मूल्यका लागि सेल नै कुर्नुपर्ने आवश्यकता हटाउँदै भरपर्दो मूल्य र १–३ दिन भित्रै छिटो डेलिभरी सुविधा प्रदान गर्छ।
यसका साथै ग्राहकहरूले बाई ३ फर फ्रि शिपिंग का साथै ४ वा बढी सामग्री खरिद गर्दा निःशुल्क उपहार पनि प्राप्त गर्न सक्नु हुनछे। स्मार्ट किनमेल सजिलो हुनुपर्छ भन्ने सोचका साथ, दराज नेपालले एभ्रिडे लो प्राइस अन्तर्गतका १० अनिवार्य सामग्रीहरूको यो विशेष सूची प्रस्तुत गरेको छ।
१. बाटिस्टे ईन्स्ट्यान्ट हेयर रिफ्रेश ड्राइ श्याम्पू

अब हरेक दिन आकर्षक कपाल। पानी नचाहिने यो ड्राइ श्याम्पुले चिल्लो जरा तुरुन्तै ताजा बनाउँछ, भोल्युम थप्छ र सिट्रसी ताजगीको सुगन्ध दिन्छ। व्यस्त बिहानी, यात्रा वा अचानक बनेका योजनाका लागि उपयुक्त यो उत्पादन मूल्य रु. ५४९ को सट्टा एभ्रिडे लो प्राइस अन्तर्गत रु. ४३९ मा उपलब्ध गरिएको छ।
२. मामाअर्थ राइस वाटर डिवी फेस टोनर

ग्लास–स्किन पाउने लक्ष्य अब सजिलो भएको छ। ९६% राइस वाटर र ४% नायसिनामाइड युक्त यो टोनरले छालालाई गहिरो हाइड्रेशन प्रदान गर्दै पोर्स टाइट बनाउँछ। यसको हलुका तथा ताजगीपूर्ण सम्मिश्रण, सबै स्किनकेयर रुटिनमा सजिलै फिट हुन्छ। मूल्य रु. ६८७ पर्ने यो उत्पादन एभ्रिडे लो प्राइस मार्फत मात्र रु. ६३१मै उपलब्ध गरिएको छ।
उत्पादन खरिद गर्नका लागि लिंक क्लिक गर्नुहोस्।
३. द डर्मा को साली–सिनामाइड एन्टी–एक्ने फेस वाश

यो फेस वाश, एक्ने–प्रोन छालाका लागि प्रभावकारी समाधान हो। यसमा रहेको स्यालिसिलिक एसिड र नायसिनामाइडको संयोजनले पोर्स सफा गर्दै ब्रेकआउट कम गर्छ र छाला सुख्खा हुन दिँदैन। सबै प्रकारका छालाका लागि उपयुक्त यो फेस वाशको बजार मूल्य रु. ३९८ भएतापनि ईडीपीएल मार्फत मात्र रु. ३६९मै उपलब्ध गरिएको छ।
उत्पादन खरिद गर्नका लागि लिंक क्लिक गर्नुहोस्।
४. बेर एनाटमी एन्टी डेन्ड्रफ श्याम्पू

अब ड्यान्ड्रफ र चिलाउने समस्यालाई वास्तविक रूपमा बिदाइ गर्नुहोस्। स्यालिसिलिक एसिड र बायोटिनयुक्त, डर्मा–एप्रुभ्ड यो श्याम्पुले स्काल्प सफा गर्दै कपाल मजबुत बनाउँछ। सबै कपालका प्रकार र सबैका लागि उपयुक्त यो श्याम्पू ईडीपीएल सुविधा मार्फत मात्र रु. ७१९ मै उपलब्ध गरिएको छ। यसको वास्तविक बजार मूल्य भने ७७४ रहेको छ।
उत्पादन खरिद गर्नका लागि लिंक क्लिक गर्नुहोस्।
५. पार्क एभिन्यू लग्जरी परफ्युम गिफ्ट सेट फर मेन

यो गिफ्ट प्याकमा युफोरिया, कन्कर, हारमनी र डिस्भरर् गरी चार फरक मूड, एउटै आकर्षक प्याकमा उपलब्ध गरिएको छ। पूरुषहरुका लागि विशेष ध्यान दिएर बनाइएको यो प्रिमियम सेट अफिस, साँझ र विशेष अवसरका लागि उपयुक्त छ। उपहार वा व्यक्तिगत प्रयोग दुवैका लागि उत्कृष्ट यो सेटको बजार मूल्य रु १३६० हो। तर, ईडीपीएल सुविधा मार्फत यसलाई मात्र रु. १,०८८मै उपलब्ध गरिएको छ।
उत्पादन खरिद गर्नका लागि लिंक क्लिक गर्नुहोस्।
६. प्याम्पर डायपर बेबी प्यान्ट्स (लार्ज ३६ पीस)

शिशुको आराम, अभिभावकहरुको विश्वास र निश्चिन्ततालाई विशेष ध्यानमा राखि निर्मित यो डायपरले १२ घण्टासम्म सुक्खापन दिन्छ। यी डायपर प्यान्ट्समा एण्टी–¥यास सुरक्षा र डबल लिक गार्ड सुविधा पनि उपलब्ध छन्। नरम, हावाको प्रवाह मिल्ने र छालामैत्री यसको बजार मूल्य रु. १४३८ भएतापनि ईडीपीएल सुविधा मार्फत मात्र रु. ९९९मा उपलब्ध गरिएको छ।
उत्पादन खरिद गर्नका लागि लिंक क्लिक गर्नुहोस्।
७. भ्यासिलिन ग्लुटा–ह्या डिवी रेडियन्स लोशन

लोशनमा सिरमको फाइदा सहितको यसमा ग्लुटाथियोन, नायसिनामाइड र हायलुरोनपनि समाविस्त छन्। यसमा रहेको हलुका मोइस्चराइजरले पहिलो प्रयोगदेखि नै चमक र हाइड्रेशन प्रदान गर्छ। फेस र बडी दुवैका लागि उपयुक्त यो लोशनको बजार मूल्य रु. ५६० हो। तर, ईडीपीएल अफर अन्तर्गत मूल्य रु. ४९२मै दराजमा उपलब्ध गरिएको छ।
उत्पादन खरिद गर्नका लागि लिंक क्लिक गर्नुहोस्।
८. कोको सोल कोल्ड प्रेस्ड भर्जिन कोकोनट आयल

शुद्ध, अर्गानिक र प्राकृतिक हुनाका साथै, पोषण तत्व जोगाउन कोल्ड–प्रेस गरिएको यो भर्जिन कोकोनट आयल खाना पकाउन, काँचै सेवन गर्न र वेलनेस रुटिन हर प्रयोजनका लागि उपयुक्त छ। भेगन, प्रिजर्भेटिभ–फ्री र केटो–फ्रेन्डली बजार मूल्य रु. ९०० पर्ने यो आयल दराजद्वारा ईडीपीएल मार्फत मात्र रु. ७९२मै उपलब्ध गरिएको छ।
उत्पादन खरिद गर्नका लागि लिंक क्लिक गर्नुहोस्।
९. सुगर फ्रि गोल्ड (३०० प्यालेट्स)

चिया, कफी वा टेबलटप प्रयोगका लागि उपयुक्त, एक पेलेट बराबर एक चम्चा चिनी त्यो पनि बिना क्यालोरी तर पूर्ण मिठास। फिटनेस र स्वास्थ्य सचेत जीवनशैलीका लागि सर्वोत्कृष्ट यो सुगर फ्रि गोल्ड (३०० प्यालेटको) वास्तविक बजार मूल्य रु. ३५२ हो। तर, दराज ईडीपीएल मार्फत उपभोक्ताका लागि मात्र रु. ३२५मै उपलब्ध गरिएको छ।
उत्पादन खरिद गर्नका लागि लिंक क्लिक गर्नुहोस्।
१०. डाबर हनी (१ केजी)

दैनिक स्वास्थ्यको आधार, एन्टिअक्सिडेन्ट र मिनरलले भरिपूर्ण डाबर हनीले रोग प्रतिरोधात्मक क्षमता, उर्जा र तौल व्यवस्थापनमा सहयोग गर्छ। शुद्ध, विश्वसनीय र प्राकृतिक मिठासयुक्त यसको बजार मूल्य रु. ८०० पर्छ। तर, दराज ईडीपीएल अफर अन्तर्गत उपभोक्ताका लागि मात्र रु. ७१२मै उपलब्ध गरिएको छ।
उत्पादन खरिद गर्नका लागि लिंक क्लिक गर्नुहोस्।
दराज ग्रुपका बारेमा
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ।
दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ। ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ।
थप जानकारीका लागि www.daraz.com मा जानुहोस्वा दराजको लिंक्डइन पेज (www.linkedin.com/company/daraz/_) मा लगअन गर्नुहोस्।
Shares

प्रतिक्रिया