चर्चित सवारीसाधन निर्माता कम्पनी औडीले नेपालमा आफ्नो विद्युतीय कार सार्वजनिक गर्ने भएको छ। कम्पनीको पहिलो विद्युतीय एसयूभी इ–ट्रोन नेपाल आउने भएको हो।
नेपालका लागि आधिकारिक बिक्रेता राम्रो मोटर्सले कम्पनीको गाडी नेपाली बजारमा ल्याउने तयारी गरेको हो।
औडी इ–ट्रोन राम्रो मोटरको शोरूमबाट विशेष रूपमा उपलब्ध हुने जनाएको छ। यसले प्रतिष्ठित जर्मन ब्रान्ड अडीको नेपाली बजारमा डेब्यू गर्नेछ। यही महिनामा यो गाडी नेपाली बजारमा आउने बताइएको छ।
यसको बजार मूल्य १ करोड ७५ लाख रुपैयाँ पर्ने जनाइएको छ।
एसयूभीको अलगै हिस्समा लागिएको ब्याट्री कारमा प्रयोग गरिएको छ। यसले १२५ केडम्बु पावर जनरेट गर्न सक्छ भने पछिल्लो भागबाट यसले १४० केडम्वु पावर उत्पादन गर्ने जनाइएको छ।
यो कारमा कुल पावर क्षमता २६५ केडव्लु रहेको छ भने ३५५ बीएचपीका बराबर रहेको छ। एकपटक चार्ज गरिसकेपछि चार सय किमि चलाउन सकिने यो कारको प्रतिघण्टा गति दुई सय किमि रहेको छ।
सामान्य रुपमा एसयूभीले शून्यदेखि १ सय किमि प्रतिघण्टा रफ्तार दिने गर्छ।
Shares
प्रतिक्रिया