कार


सुजुकीको नयाँ कार ‘डिजायर’को बुकिङ खुल्योः मूल्य कति, फिचर कस्ता?

सुजुकीको नयाँ कार ‘डिजायर’को बुकिङ खुल्योः मूल्य कति, फिचर कस्ता?

नेपालखबर
माघ ६, २०७७ मंगलबार ९:२६,

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपालकै बेस्ट सेलिङ सेडान डिजायरको नयाँ अवतार सार्वजनिक गरेको छ।

२०२१ डिजायरमा नयाँ बम्पर र ग्रिल डिजाइनसहितको बोल्ड र स्टाइलिस फ्रन्ट फेसिया र आधुनिक वुड फिनिस इन्टेरियर रहेको छ।

‘हामीले सुजुकी डिजायरको पहिलो पुस्ता एक दशकअघि नेपाली बजारमा ल्याएका थियौं। बेस्ट इन क्लास फिचर र कम्फर्टले गर्दा नेपालमा यो सबैभन्दा बढी मन पराइएको कार बन्न सफल भएको छ।’

सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘२०२१ डिजायरमा सेग्मेन्टमै पहिलो पटक आइडल स्टार्ट–स्टप टेक्नोलोजी (आईएसएस) भएको नेक्स्ट जेन के सिरिज इन्जिन, नयाँ इन्टेरियर र एड्भान्स्ड फिचर राखिएको छ। स्टार्ट–स्टप फंक्सनसहितको के सिरिज डुअल जे, डुअल भीभीटी बीएस६ पेट्रोल इन्जिनले नयाँ डिजायरलाई कम उत्सर्जन र उच्च माइलेजसहितको डिजायरेबल कार बनाएको छ।’

‘नेपाली ग्राहकले खोजेजस्तो स्टेट अफ आर्ट डिजाइन र अत्याधुनिक प्रविधि भएकोले हामीलाई विश्वास छ नयाँ डिजायरबाट ग्राहक हरेक हिसाबले सन्तुष्ट हुनुहुनेछ,’ उनले अगाडि थपे।

यो कारका भेरियन्टमध्ये डिजायर भीएक्सआईको ३४ लाख २९ हजार र जेटएक्सआईको मूल्य ३७ लाख ७९ हजार रुपैयाँ रहेको छ।

अत्याधुनिक शक्तिशाली इन्जिन
२०२१ डिजायरमा आईएसएस फंक्सनसहितको नेक्स्ट जेन के सिरिज डुअल जेट, डुअल भीभीटी बीएस६ इन्जिन राखिएको छ। उच्च कम्प्रेशन रेसियो, कुल्ड भ्न्च् सिस्टम र पिस्टन कुलिङ जेट भएको नयाँ इन्जिन पहिलेको भन्दा परिस्कृत छ जसले इन्जिनको कार्यक्षमता बढाउनुका साथै घर्षणलाई कम गर्छ जसले गर्दा म्यानुअल ट्रान्समिसनमा यसको माइलेज २३.२६८ किलोमिटर प्रति लिटर रहेको छ। यो इन्जिनले ६००० आरपीएममा अधिकतम ६६ किलोवाट पावर उत्पन्न गर्छ।

बोल्ड र मोर्डन एक्सटेरियर
२०२१ डिजायरको फ्रन्ट फेसियालाई परिस्कृत गरी बोल्ड र स्टाइलिस बनाइएको छ। तल्लो बम्परमा प्रयोग भएको प्रिमियम सिंगल एपेर्चल फ्रन्ट ग्रिल र बोल्ड क्रोम एक्सेन्टले नयाँ डियाजरको रोड प्रेजेन्सलाई दमदार बनाइदिएको छ।

प्रिमियम र स्टाइलिस इन्टेरियर
२०२१ डिजायरमा ट्विन पड मिटर क्लस्टर र नयाँ १०.६७ सेन्टिमिटरको मल्टि इन्फर्मेसन टीएफटी डिस्प्ले प्रयोग गरिएको छ। यसमा प्रयोग भएको मोर्डन वुडन फिनिसले कारको डोर र इन्स्ट्रयुमेन्ट प्यानललाई नेचुरल ग्लस फिनिस दिएको छ। नयाँ डुअल टोन सिटले क्याबिनको आकर्षणलाई बढाएको छ। १७.७८ सेन्टिमिटरको स्मार्टप्ले स्टुडियो टच इन्फोटेन्मेन्ट सिस्टमलेगज्जबको ड्राइभिङ एक्सपिरियन्स दिलाउँछ।

सुपेरियर सेफ्टी
नयाँ डिजायरमामा पर्याप्त स्पेस र उत्कृट सुरक्षा व्यवस्था रहेको छ। एजीएस भेरिएन्टमा इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम र हिल होल्ड फंक्सन रहेकोे छ जसले गाडीबाट चिप्लनबाट बचाउनुका साथै उकालोमा रोकिनु परेको अवस्थामा सहज रुपमा गाडीलाई पिक लिन मद्दत गर्छ।

यसमा फ्रन्ट र रियर दुवै ब्रेक ठूलो आकारको रहेको छ जसले गर्दा बे्रकिङ सजिलो बनाउनुका साथै ब्रेकको आयु पनि बढाउँछ। साथै, नयाँ डिजायरको सबै भेरियन्टमा डुअल एअर ब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्टे«न सिस्टम र इबीडीसहितको एबीएस रहेको छ।

हार्टटेक्ट प्ल्याटफर्मको पाँचौ पुस्तामा तयार गरिएको नयाँ २०२१ डिजायर फ्रन्टर अफसेट, साइड इम्प्याक्ट र पेडेस्ट्रिय रेगुलेसनमा आधारित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad