चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ५ महिनामा नेपालबाट भारततर्फ १३ अर्ब ४ करोड रुपैयाँको विद्युत निर्यात भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार चालु आवको साउन, भदौ, असोज, कात्तिक र मंसिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामका १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो।
प्राधिकरणका अनुसार साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोड रुपैयाँको विद्युत् निर्यात भएको छ भने मंसिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको छ।
हिदमा नेपालमा बिजुली उत्पादनमा कमी आउने भएकाले नेपालले भारतबाट नेपालतर्फ आयात पनि गर्ने गरेको छ। प्राधिकरणका अनुसार गत वर्ष नेपालले भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरेकाे थियो।

Shares

प्रतिक्रिया