ब्लग

Tata MotorsTata Motors

के बाँदरले सामूहिक आत्महत्या गर्छन्?


मुकेश चालिसे
काठमाडौं, साउन २३

स्वयम्भूनाथमा बाँदर

सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका–१३ महादेबथान छेउको खेतमा रहेको पोखरीमा बुधबार बिहान बाँदरले सामूहिक आत्महत्या गरेको समाचार आएका छन्। मैले पनि ती समाचार सुनेँ। १५–१६ वटा बाँदरले आत्महत्या गरे भन्ने छ। अहिलेसम्म पत्ता लागेका अनुसन्धान निष्कर्षहरुले जनवार मनोविज्ञानमा आत्महत्याको विषय नहुने देखाएका छन्।

संसारमा मानिस सबैभन्दा बुद्धिमान प्राणी हो। मानिसपछि बाँदरै प्रजातिका चार जनावरहरुको नाम बुद्धिमानमा आउँछ। चिम्पाञ्जी, गोरिल्ला, ओराङओटाङ र गिब्बनको नाम आउँछ। संसार पुुच्छर भएका बाँदर प्रजातिका २ सय २९ प्रजाति छन्। बाँदरका प्रजातिका कुल २ सय ३४ वटा छन्। त्यसपछि हात्ति घोडा, गैँडा र कीरा फट्याङ्ग्रा अरु आउने हुन्।

अरु प्राणीले नगर्ने कामहरु मानिसले गर्छ। सबैभन्दा राम्रो वा सबैभन्दा खराब व्यवहार प्रदर्शन गर्ने पनि मानिसले नै हो। मानिसले आत्महत्या गर्छ, मानिसले बलात्कार गर्छ, लूट गर्छ। मान्छे धूर्त छ। एउटा ठाउँको सम्पत्ति देखाएर अर्कै ठाउँ  बेच्छ। खोलाभित्रको जग्गा नदेखाइ बेच्छ। भ्रष्टाचार गर्छ। तर जनावरबाट त्यो हुँदैन। उनीहरु शोकमा पर्न सक्छन्, खुशी मनाउन सक्छन् तर मानिसले जस्तो नराम्रो अथावा राम्रो काम गर्न सक्दैनन्।

करिब एक दशकअघि पशुपतिमा करिब दुई दर्जनभन्दा बढी बाँदर करेन्ट लागेर मरे। भएको के थियो भने खुला तारमा परेर एउटालाई करेन्ट लाग्यो। अरु बचाउन र समाउन जाँदा करेन्ट लागेर मर्दै गए। एक वर्षअघि थापाथलीमा एउटा बाँदर करेन्ट लागेर सडकमा पछारियो। मर्यो। त्यस क्षेत्रका सबै बाँदरहरु मरेका बाँदरलाई उठाउन गए। वरिपरि बसेर शोक मनाए। त्यसदिन बाँदरको शोकका कारण थापाथली क्षेत्रमा ट्राफिक जाम नै भयो।

हो जनवारले शोक भने मनाउँछ। कहिले कहीँ घरमुली वा माया गर्ने मानिसको मृत्यु भए वा छुट्टिए कुकुरले पनि खाना खाँदैन। कुकुरले आत्महत्या गर्नका लागि खाना छाडेको होइन। शोकमा छाडेको हो।

बाँदरहरु राम्रोसँग पौडी खेल्न सक्छन्। त्यसैले पानीमा डुबेर मर्ने भन्ने हुँदैन। नजिकै कुनै विष खाएर आएका बाँदरहरु पानी खान पोखरीमा हाम्फालेको र कडा विष परेको कारण मरेको हुनसक्छ। पौडी खेलेर माथि नआएको हुनसक्छ। हामी पनि घरमा मुसा मार्न विष हाल्दा विष खाएको मुसा पानीमा नपरोस् भनेर छोपेर राख्छौं। किराफट्यांग्राको विषयमा पनि त्यही हो।

अर्को सम्भावित कारण भनेको पोखरी नजिकै रहेको बेलामा चट्याङ परेर पनि बाँदर मरेको हुनसक्छ। वा पोखरीका छेउछाउ करेन्ट चुहिएको कारणले पनि त्यसरी सामुहिक रुपमा बाँदर मरेको हुनसक्छ। विगतमा पनि पोल लडेर वा अन्य कारणले चुहिएको कारणले सामुहिक रुपमा बाँदर मारेका घटनाहरु भएका छन्। त्यस विषयमा पनि विचार गर्नुपर्छ।

जनवारहरुमा मानिसमाजस्तो आफैँलाई उत्सर्ग गर्ने सोच हुँदैन। त्यसले सिन्धुपाल्चोकमा बाँदरले सामूहिक आत्महत्या गरेका हुन् भन्ने लाग्दैन। यद्यपि यो घटनाको वैज्ञानिक अनुसन्धानपछि मात्र निष्कर्षमा पुग्न सकिन्छ।

(बाँदर विशेषज्ञ प्राध्यापक डा. चालिसे त्रिभुवन विश्वविद्यालको प्राणी विभागका प्राध्यापक हुन्। यो लेख उनीसँग कुराकानीमा आधारित हो।)

साउन २३, २०७६, बिहिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors