ad ad

ब्लग


हुवावे अरु कसैको स्वामित्वमा नभई यसका कर्मचारीहरूको हो

हुवावे अरु कसैको स्वामित्वमा नभई यसका कर्मचारीहरूको हो

जियाङ सिसेङ
पुस १, २०७७ बुधबार ७:२७,

स्विडेनको टेलिकम नियामक पीटीएसले हालसालै देशका अपरेटरहरूलाई उनीहरूको फाइभजी नेटवर्कमा हुवावे उपकरण प्रयोग गर्नबाट वञ्चित गरेको छ। यस कार्यको औचित्य देखाउन चीनका कुनै पनि विक्रेताले स्विडेनको राष्ट्रिय सुरक्षामा स्वतः खतरा उत्पन्न गराउने भनिएको छ।

यस्तो गलत धारणाले स्विडेनी परिवार र व्यवसायलाई हुवावेको इनोभेसनका फाइदाहरू लिनबाट रोक्न सक्छ। दुर्भाग्यवश, उनीहरु यसको मारमा परेका छन्। उदाहरणका लागि नोभेम्बर १० मा डागेन्स इन्डस्ट्रीमा प्रकाशित एक सम्पादकीय स्तम्भले सुझाव दियो, ‘चीनले विदेशी स्वामित्वका लागि पनि हुवावे खुल्ला हुनपर्छ।’ यो सिफारिस आफैँमा पूर्वाग्रहपूर्ण त छँदै छ, यसले हुवावे कसरी संरचित र व्यवस्थित गरिएको छ भन्नेबारे गलत सन्देश दिएको छ।

हुवावेको स्थापना १९८७ मा भएको थियो र म १९८९ मा हुवावेसँग संलग्न भएँ। त्यतिबेला बैंकहरू साना स्टार्ट अप कम्पनीहरूलाई ऋण दिन हिचकिचाउँथे। हुवावेले कर्मचारीहरूलाई सेयर बेचेर पुँजी जुटाउनुपरेको थियो र यो व्यवस्था आजसम्म जारी छ। कर्मचारीहरू आफ्नै पैसाले सेयर खरिद गर्छन् र उनीहरूको स्वामित्वमा रहेको सेयरको संख्याको आधारमा वार्षिक लाभांश प्राप्त गर्दछन्। तिनीहरू एक–मत–प्रति–सेयरको आधारमा प्रतिनिधि आयोग गठन गर्न सदस्यहरू पनि छनौट गर्दछन्। आयोगले कम्पनीको बोर्ड निर्देशक छान्दछ। यस्तो नाफा र जोखिमको साझा प्रणालीले हुवावेलाई दीर्घकालीन विकासको लागि आवश्यक रकम प्रदान गर्दछ र यसको शासन र व्यवस्थापनको लागि आधारशिला निर्माण गर्दछ।

निजी रूपमा आयोजित भएको हुवावेलाई सार्वजनिक रूपमा सूचीबद्ध कम्पनीहरूले सामना गरेको छोटो अवधिको दबावबाट मुक्त गर्दछ जसका सेयरहोल्डरहरू त्रैमासिक आय लक्ष्य प्राप्त गर्ने आशा राख्छन्। यस्तो बाह्य दबाबबाट स्वतन्त्र ह्वावेले अनुसन्धान र विकासमा आफ्नो दीर्घकालीन ध्यान केन्द्रित गर्न सक्दछ जब कि सेयर भएका कर्मचारीहरूले बढी लाभान्वित हुन सक्छन्।

हाल हुवावे संस्थापक र सीईओ रेन जेङफीको हुवावेमा लगभग १ प्रतिशत हिस्सेदारी रहेको छ, बाँकी हुवावे युनियनद्वारा नियन्त्रित छ जसमार्फत कर्मचारीहरूले कम्पनीको स्वामित्व राख्दछन्। चीनमा कम्पनीहरूले आफ्नो सेयर होल्डिङ प्लेटफर्मको रूपमा ट्रेड युनियन स्थापना गर्नु सामान्य र वैध हो। मिडियाले यस प्रबन्धलाई अस्पष्ट माने पनि वास्तवमा यो संसारको अन्य ठाउँमा कर्मचारीको स्वामित्वमा रहेका कम्पनीहरूले पाएको भन्दा फरक छैन जस्तै जोन लुइस पार्टनरशिप (युकेमा डिपार्टमेन्ट स्टोर ग्रुप) र एसिलोर (एक फ्रान्सेली अन्तर्राष्ट्रिय नेत्र अप्टिक्स कम्पनी) रहेका छन्।

वास्तवमा हाम्रो स्वामित्व संरचना आज धेरै स्विडेनी कम्पनीहरूले अँगालेका छन्। गत वर्षको यूरोपीयन कम्पनीको सर्वेक्षणले देखाएको छ कि स्विडेनको निजी क्षेत्रको ११ प्रतिशत कर्मचारी सेयर स्वामित्व योजना–जुन युरोपियन औसतभन्दा दोब्बर रहेको छ। हुनसक्छ यो मोडेलले स्वीडेनको समानता सम्बन्धी सम्वेदनशीलताका लागि अपील गर्दछः जहाँ कर्मचारीहरूलाई उनीहरूले गरेको कामको आधारमा भिन्न भुक्तान गरिन्छ तर त्यहाँ पारदर्शी लाभ साझेदारी प्रणाली रहेको छ। व्यक्ति सशक्त महसुस गर्दछन्, उनीहरूको कामको गुणस्तरको ख्याल राख्छन् र निरन्तर व्यापार सुधार गर्ने तरिकाहरूको बारेमा सोच्दछन्। केही युरोपेली विज्ञहरूले निष्कर्ष निकालेका छन् कि हुवावेले कर्मचारी पुँजीवाद कार्यान्वयन गरिरहेको छ।

डिट्राक्टरको आरोप छ कि हामी सरकारी समर्थनबाट एक ग्लोबल लिडर बनेका छौं। वास्तवमा कम्पनीले विपरित कारणबाट सफल भएको छः हामी स्वतन्त्र रूपमा संचालन गर्छौं र राजनीतिमा होइन तर व्यापारको तर्कको अनुसरण गर्दछौं। यसको स्थापना भएको सन् १९८७ देखि सुरुवाती २००० सम्म ह्वावेले चिनियाँ सरकारी स्वामित्वको उद्यमहरूसँग प्रतिस्पर्धा गरको थियोे जसमध्ये धेरै महत्वहीन भए कि त पूर्ण रूपमा हराए। यस परिणामले पूँजीपतिहरूलाई अचम्मित पार्दैन, जसले बुझ्छन् कि प्रायः जसो राज्यको स्वामित्व प्राप्त वा नियन्त्रीत कम्पनीहरूले कर्मचारीतन्त्र र कम दक्षताका कारण प्रतिस्पर्धा गुमाउँछन्। यो हाई–टेक उद्योगमा विशेष गरी सत्य हो। किन चीनको टेक उद्योग यति छिटो र यति राम्रो विकास भएको छ ? सायद किनभने १९८० को दशकदेखि चीनले आफ्नो बजार खोलेको छ र एरिक्सन, नोकिया, मोटोरोला, सिएमेन्स र अन्य विदेशी कम्पनीहरू को लागि समान अवसर प्रदान गरेको छ।

पीटीएस स्टेटमेन्टले मलाई १९६० र १९७० को दशकमा चीनको राजनीतिक उथलपुथलको सम्झना गरायो। किनभने मेरो परिवार जग्गा मालिकका रूपमा वर्गीकृत गरिएको थियो, त्यसैले मैले विश्वविद्यालयमा जाने मौका झण्डै गुमाएको थिए। मलाई आशा छ कि पीटीएसले एक उद्देश्यपूर्ण, निष्पक्ष र तथ्यमा आधारित मूल्याकंन गर्न र निर्णय लिन सक्छ जुन सम्पूर्ण स्विडेनलाई फाइदा हुनेछ।

ह्वावले स्वीडेनका राजनीतिज्ञ, अन्वेषक, पत्रकारहरु र अन्यका लागि कम्पनी र यसको कर्मचारी स्टक स्वामित्व योजना (ईएसओपी) कोठा भ्रमण गर्न, र कम्पनीले विगत तीन दशकहरूमा निर्माण गरेको प्रणालीको बारेमा विचारहरू आदानप्रदानका लागि ढोका सँधै खुल्ला राखेको छ। यस बीचमा तथ्यहरू अपरिवर्तित रहेका छन्ः कुनै पनि सरकारी इकाइले हुवावेको व्यापार वा लगानीका निर्णयहरूलाई डिक्टेट गर्दैन र हुवावे अरु कसैको स्वामित्वमा नभई यसको कर्मचारीहरूको हो।
(जियाङ सिसेङ हुवावे बोर्डका मुख्य सचिव हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .