स्मार्ट इलेक्टिक स्कुटर ब्राण्ड एनयूआईले एनजीटी मोडल आज नेपाली बजारमा सार्वजनिक गरेको छ। एनआईयूले एक पटक बोसच र पानासोनिकसँग साझेदरी गरी अर्को जेनेरेसनको इस्कुटरहरु डिजाइन गरी नेपाली उपभोक्तामाझ नयाँ स्कुटर सार्वजनिक गरेको हो।
एनजीटी पूर्ण रुपमा विद्युतीय स्मार्ट स्कुटरमा दुईवटा निकाल्न मिल्ने ६० भोल्ट ३५ एएच लिथियमयुक्त ब्याट्री रहेको छ। यो साढे तीन घण्टामा रिचार्ज हुने र बोस्च ३ हजार इलेक्ट्रो मिटरको रहेको यसको ७० किमि प्रतिघण्टाको म्याक्स स्पीड १३० किमिमाथिको रेन्ज रहेको कम्पनीले जनाएको छ।
नयाँ नयाँ आविष्कार र सिर्जना भएको यो परिष्कृत स्कुटर स्थानीय बजारमा उपयोगी हुने कम्पनीको दाबी छ। कम्पनीका सबै स्कुटरहरुमा प्रिपेड कार्ड हुने बताइएको छ। जुन २४÷७ एन.यू.आई. एप्लिकेसनसँग कनेन्क्सन हुन्छ । उक्त एप्लिकेसनले रियल टाइम इन्टेलिजेन्स जस्तो कि जीपीएस, एन्टी थिप्स ट्रयाकिब, रिमोट ट्रयाकिब, स्कुटर डाइग्नोसिस र हेल्प सेन्टर आदि रहेका छन्।
निउले सन् २०१५ को सुरुदेखि संसारभर १० लाख स्कुटी बेचिसकेको छ भने ४० देशमा ३ अर्ब किमि कुदाएको छ। नेपालमा भने गत २० महिनायता कम्पनीका स्कुटरहरु उपलब्ध छन्।
प्रतिक्रिया