खेल


मेस्सीले एकमात्र खेलाडीसँग जर्सी साट्न आग्रह गरे, ती को हुन्?

मेस्सीले एकमात्र खेलाडीसँग जर्सी साट्न आग्रह गरे, ती को हुन्?

नेपालखबर
भदौ ९, २०७६ सोमबार ११:२२,

वर्तमान विश्व फुटबलमा मेस्सी सुपरस्टार हुन्। मेस्सीले पाँचपटक बालुन डि’ ओर अवार्ड हात पारेका छन्।

मेस्सीसँग जर्सी साट्न नचाहने प्रतिस्पर्धी खेलाडी सायदै भेटिदैनन्। मेस्सीले जति जनासँग अहिलेसम्म जर्सी साटे उनले ती सबै जर्सीलाई संग्रहित गरेर राखेका छन्।

लजालु स्वभावका मेस्सी कहिल्यै अन्य खेलाडीसँग जर्सी साटौं भनेर भन्दैनन्। बरु उनीसँग जर्सी साटौं भन्नेको ताँती लाग्दछ।

यद्यपी मेस्सीले कुनै समय एक खेलाडीसँग जर्सी साटौं भनेर आग्रह गरेका रहेछन्। ती थिए जिनेदिन जिदान।

जिदान त्यसबेला रियल मड्रिडका खेलाडी थिए। हाल जिदान मड्रिडका प्रशिक्षक हुन्। आफ्नो सुरुवाती फुटबल करियरमा मेस्सीले जिदानलाई आफ्नो प्रेरणा मान्दथे।

स्पेनिस संचारमाध्यम इन्भिक्टसका अनुसार मेस्सीले जिदानसँगमात्र जर्सी साट्न आग्रह गरेका थिए।

इन्भिक्टससँग मेस्सी भन्छन,‘म अरुसँग जर्सी साटौं भनेर भन्दिन। उनीहरु नै मसँग जर्सी साट्न आउँछन्। तर मैले अहिलेसम्म एक खेलाडीसँग मात्र जर्सी साट्न आग्रह गरेको छु। उनी जिनेदिन जिदान हुन्।’ एजेन्सी

Image result for messi and zidane swap shirt

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .