ad ad

बाइक


भारतीय कम्पनी एम्पियरका इलेक्ट्रिक स्कुटरको नेपालमा धमाधम बिक्री

भारतीय कम्पनी एम्पियरका इलेक्ट्रिक स्कुटरको नेपालमा धमाधम बिक्री

नेपालखबर
पुस ७, २०७७ मंगलबार १०:१७,

भारतीय इलेक्ट्रिक स्कुटर ब्राण्ड एम्पियरले नेपालमा धमाधम बिक्री गरिरहेको छ। भारतको ग्रिभ्स कटन लिमिटेडको उत्पादित ब्राण्ड एम्पियर डीएसएम ग्लोबलले नेपाल ल्याएको हो।

कम्पनीले हाल नेपालमा २ वटा मोडलका स्कुटर नेपाली बजारमा ल्याएको छ। एम्पियर इलेक्टिक स्कुटर भारतीय बजारमा २० प्रतिशत बढी बजार सेयर रहेको छ।

कम्पनीले अरु देशका ब्राण्डभन्दा भारतको ब्राण्ड नेपालमा बिक्रीवितरण तथा स्पेयर पार्ट्सको लागि समेत सहज हुने भएकाले एम्पियर नेपाल ल्याएको बताएको छ।

स्कुटरमा इन्धन र मर्मत खर्च नगन्य हुने भएकाले इलेक्ट्रिक स्कुटरको लोकप्रियता नेपालमा बढ्दै जाने कम्पनीको दाबी छ।

कम्पनीले स्कुटर जिल र रियो गरी दुई मोडल नेपालमा बिक्री गरिरहेको छ। एम्पियर जिल भारतमा निकै चर्चित हाई स्पिड मोडल हो।

यसको टप स्पिड ५५ किलोमिटर प्रतिघण्टा र माइलेज ७५ किलोमिटर छ। यसमा डिजिटल डिस्प्ले, पोर्टेबल ब्याट्री प्याकजस्ता फिचर छन्।

यसमा ६० भोल्ट र ३० एम्पियर आवर क्षमता भएको लिथियम आयोन ब्याट्री र १२०० वाटको मोटर जडान गरिएको छ।

त्यसैगरी एम्पियर रियो इन्ट्रि–लेभल स्कुटर हो जसको टप स्पिड २५ किलोमिटर प्रतिघण्टा र माइलेज ५५ देखि ६५ किलोमिटर रहेको छ। ४८ भोल्ट पर २४ एम्पियर आवर क्षमता भएको लिथियम आयोन ब्याट्री र २५० वाटको मोटर रहेको छ। कम्पनीले ४ देखि ५ घण्टामा स्कुटर फुल चार्ज हुने दाबी गरेको छ।

विद्युतीय सवारीसाधनमा ग्रिभ्स कटनले हासिल गरेको दक्षता र अनुभवले वातावरणमैत्री र दीर्घकालीन परिवहनको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने कम्पनीले उल्लेख गरेको छ।

नेपालमा साना तथा मझौला व्यापार व्यवसायहरुका लागि इ–स्कुटर सहयोगी हुने कम्पनीको विश्वास छ। एम्पियर इलेक्ट्रिक भारतमा तीव्र गतिमा विस्तार भइरहेको इभी ब्रान्ड हो। जसले पारम्परिक पेट्रोल स्कुटरको तुलनामा ८५ देखि ९० प्रतिशतसम्म खर्च बचाउँछ।

भारतमा दुई सयभन्दा बढी आउटलेट स्थापना भइसकेको कम्पनीले ६० हजारभन्दा बढी बिक्री भएको उल्लेख गरेको छ।

सन् २००८ मा पहिलो पटक भारतमा सार्वजनिक भएको एम्पियर इलेक्ट्रिकलाई गत वर्ष ग्रिभ्स कटन लिमिटेडले खरिद गरेको थियो।

ग्रिभ्स कटन लिमिटेडले हालै तिरुपती श्रीनिवासनलाई उत्पादक प्रमुख तथा चिफ टेक्नोलोजी अफिसरको रुपमा नियुक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .