हुन्डाईको बीएस–६ को भेन्यु नेपाल आइपुगेको छ भने क्रेटा पनि छिट्टै आउँदै छ। नेपालमा हुन्डाईको लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यी गाडी नेपालमा ल्याउँदै आएको छ।
डिजेल र पेट्रोल दुवै इन्जिनमा भएका भेन्यु र क्रेटा नेपालमा बीएस ४ (प्रदुषण मापदण्ड)को बिक्री हुँदै आएकोमा अब बीएस ६ को नयाँ गाडी बजारमा उपलब्ध हुँदै छन्। बीएस ४ मापदण्डमा बढी प्रदूषण उत्सर्जन हुन्छ भने बीएस–६ मा त्योभन्दा धेरै कम प्रदूषण उत्सर्जन हुन्छ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैंसम्म बीएस–६ मोडलको के्रटा पनि नेपाली बजारमा आइसक्ने बताएको छ।
हुन्डाईले दशैंसम्म हुन्डाईले के्रटा र औराका नयाँ मोडल ल्याउन लागेको बताएको छ। हुन्डाईको औरा सेडान सेगमेन्टको गाडी हो भने क्रेटा र भेन्यु एसयुभी सेगमेन्टका गाडी हुन्।
नेपाल आइपुगेको भेन्युको मूल्य बीएस–४ भन्दा बढी छ। बीएस–४ को इ १.२ पेट्रोल इन्जिनको मूल्य ३४ लाख ९६ हजार रुपैयाँबाट बढेर ३६ लाख २६ हजार पुगेको छ। भेन्युको सबैभन्दा सस्तो सेगमेन्टको गाडी हो।
त्यस्तै पेट्रोल इन्जिनकै सबैभन्दा महंगो भेन्युको मूल्य एसएक्स प्लस डीसीटीको मूल्य ४६ लाख ९६ हजार रहेकोमा अब बीएस–६को मूल्य ५७ लाख ३६ हजार पुगेको छ।
हुन्डाईका पेट्रोल इन्जिनका भेन्यु १ हजार र १२ सय सीसीका छन् भने के्रटा करिब १६ सय सीसीका गाडी हुन्।
पेट्रोल सेगमेन्टमा क्रेटाको सबैभन्दा सस्तो इ–प्लस ४६ लाख ५६ हजारमा उपलब्ध रहेको छ भने महंगोमा एसएक्स ओ ६१ लाख ९६ हजार मूल्य रहेको छ।
पेट्रोल इन्जिनका भेरियन्ट सबै १५ सय ९१ सीसीका हुन्। त्यस्तै डिजेल इन्जिनको इ–प्लसको मूल्य ४३ लाख ९६ हजार रहेको छ भने एसएक्स भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रहेको लक्ष्मी हुन्डाईले उल्लेख गरेको छ।
डिजेल इन्जिनको इ–प्लस १३ सय ९६ सीसीको हो भने एसएक्स १५ सय ८२ सीसीको गाडी हो। २०२० वा बीएस–६ मोडलमा यी गाडीको मूल्य बढ्नेछ।
सेन्ट्रो, ग्राण्ड आई१०, एलिट आई २०, आई२० एक्टिभ एस र भेन्युको २०२० का नयाँ मोडल नेपाल आइसकेको कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया