ad ad

बाइक


टीभीएस अपाचे आरटीआर१६० फोरभी नेपालमा सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

टीभीएस अपाचे आरटीआर१६० फोरभी नेपालमा सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

नेपालखबर
साउन २०, २०७७ मंगलबार ८:१२,

टीभीएस अपाचे आरटीआर १६० फोर भीको नयाँ भेरियन्ट नेपालमा बुधबार सार्वजनिक हुँदै छ।

टीभीएसका लागि आधिकरिक वितरक जगदम्बा मोटर्सले दराजको डिजिटल प्ल्याटफर्ममार्फत लञ्च गर्न लागेको हो।

‘दराज महाबचत योजना’अन्तर्गत ‘आरटीआर १६० फोर भीको सिंगल डिस्क’ नयाँ भेरियन्ट सार्वजनिक गर्न लागिएको टीभीएसले जानकारी दिएको छ।

कम्पनीले आरटीआर १६० फोर भीको मूल्य २ लाख ७२ हजार ९ सय रुपैयाँ तोकेको छ। दराजको महाबचत योजनाअन्तर्गत खरिद गर्ने ग्राहकले नगद १२ हजार रुपैयाँ छुट पाउने बताएको छ।

यस्तो छ फिचर्स
१६० फोर भीमा सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ, उक्त इन्जिनले १६.२ पीएस पावर २५० आरपीएममा र १४. एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ।

बाइकको माइलेज प्रतिलिटर ४५ किलोमिटर रहेको छ भने फ्उल ट्यांक १२ लिटर रहेको छ।

पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियरबक्स रहेको एपाचे १६० फोरभी पावरफुल राइडिङको लागि उपयुक्त मानिन्छ। उक्त बाइकको‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रतिघण्टा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .