बाइक


टीभीएस अपाचे आरआर३१० को विशेष संस्करण आउँदै

टीभीएस अपाचे आरआर३१० को विशेष संस्करण आउँदै

नेपालखबर
साउन २, २०७६ बिहिबार ८:७,

टीभीएस मोटरले टीभीएस अपाचे आरआर ३१० विशेष संस्करण कोलम्बियामा एक प्रदर्शनीमा राखेको छ। यो एडिसनको बाइक मेट ब्ल्याक कलरमा रेड कम्बिनेसनयुक्त रहेको कम्पनीले बताएको छ। यसको फ्यूल ट्याङकमा आरआर पेन्ट रहेको छ भने फेयरिङमा स्पोर्ट बाइकहरुमा देखिने स्टिकरहरु राखेको छ।

कम्पनीका अनुसार केही समयअगाडि फिचरहरुमा परिर्वतन गरी भारतीय बजारमा पनि सार्वजनिक गरेको थियो। मे २०१९ मा कोलम्विया अटो शोमा प्रदर्शनीमा राखिएको यो मोटरसाइकल भारतीय बजारमा पनि छिटै सार्वजनिक तयारी गरिएको कम्पनी बताएको छ।

tvs moto bike

अपाचे आरआर ३१० मा ३१२ सीसी सिगंल सिलिन्डर लिक्विड कुल्ड, ४ भल्भ, इनक्लाइन रिभर्स एफआई इन्जिन छ भने ३४ पीएस पावर तथा २७ एनएम टर्क जेनेरेट गर्ने बताइएको छ। कोलम्बियामा यसको बजारमूल्य करिब ३ लाख ७० हजार भारु पर्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad