ad ad

बाइक


रोयल इनफिल्डको ६ लाख पर्ने क्लासिक ३५० बाइक नेपालमा

रोयल इनफिल्डको ६ लाख पर्ने क्लासिक ३५० बाइक नेपालमा

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ८:४५,

रोयल इनफिल्डको लोकप्रिय मोडल क्लासिक ३५० सी.सी. डुअल च्यानल एबीएससहितको बीएसआईभी बाइक नेपाली बजारमा ल्याएको छ।

कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रालिले रोयल इनफिल्ड ३५०सीसी क्लासिक नेपाली बजारमा भित्र्याएको हो।

उक्त बाइक युवामाझ लोकप्रिय छ। बाइकले युवाहरु, व्यावसायिक तथा सौखिन समूहको मन समेत जितिरहेको कम्पनीले जनाएको छ।

विवेक अटोमोबाइल्स प्रालिले आफ्ना १९ वटा शाखा एवं डिलरहरुमार्फत बिक्री वितरण सुरु गरेको छ। रोयल इनफिल्डले दोस्रो विश्वयुद्धपछिको ब्रिटिस मोटरसाइकलहरुको स्मरण गराउने कम्पनीले जनाएको छ। यो बाइकमा ३५० सीसी इन्जिन, इन्धन संकेतक, हेडलाइट केसिङ, फ्युल ट्यांक, डुअल डिस्क ब्रेक, ओभल टुल बक्स, एक्जस्ट फिन्स, स्पिडमिटर डायल्स, सिंगल सिट स्प्रिङ, स्याडल टेल लाइट असेम्बली र हेडलायट क्यापमा देखिने कम्पनीले जनाएको छ।

यसमा थप गरिएको डुअल च्यानल एबीएसका कारण टुरिङ्ग, दैनिक राइडिङ्गमा बाइक अझै सुरक्षित हुने कम्पनीको दाबी छ।

यसको मूल्य ६ लाख रहेको छ। बीएसआईभी बायक १९ वटै शाखा तथा डिलरहरुबाट बिक्री र बिक्रीपछिको सेवा प्रदान गरिने विवेक अटोमोबाइल्सले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .