ad ad

बाइक


सातवटै प्रदेशमा अपाचे आरटीआर १६० २भी रेस एडिसन सार्वजनिक

सातवटै प्रदेशमा अपाचे आरटीआर १६० २भी रेस एडिसन सार्वजनिक

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ८:३३,

टीभीएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ को साँगीतिक कार्यक्रमकै दाैडान टीभीएसले अपाचे आरटीआर १६०२भी रेस इडिसन डबल डिस्क बाइक सातै प्रदेशमा सार्वजनिक गरेको छ। कम्पनीले सातवटै प्रदेशमा कार्यक्रममा सहभागी कलाकारहरुबाट नयाँ बाइक सार्वजनिक गरेको हो।

टीभीएस मोटर कम्पनीको लोकप्रिय टीभीएस अपाचे सिरिजअन्तर्गत रहेको अपाचे आरटिआर १६० २भी रेस इडिसन डबल डिस्कको मुख्य आकर्षण डबल डिस्क ब्रेक, न्यू हाईग्रिप रिमोरा टायर, न्यू रेसिङ ग्राफिक, न्यू थ्रिडि हर्स लोगो ओभरस्क्वायर इन्जिन र डिजिटल डिस्प्ले हुन्। साथै यसको इन्जिन एयर कूल्ड छ र इलेक्ट्रिक/किक स्टार्ट गर्न सकिने विशेषतायुक्त छ। यसैगरी ग्राउण्ड क्लिरेन्स १६५ मिमि रहेको यो अपाचे आरटिआर यो बाइक हाँक्दा थप आनन्दको अनुभूति प्राप्त हुने कमपनीले जनाएको छ।

मोटरसाइकल सार्वजनिक गर्न पाउनु एक विशेष अवसर भएको बताउँदै जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक अग्रवालले नेपाली गीत संगीत र अन्य रमाइलो कार्यक्रमहरुको मज्जा उठाउन आएका दर्शकहरुले नयाँ मोटरसाइकलप्रति उत्सुकता व्यक्त गरेको बताए। सप्तरंग २ कार्यक्रम सातै प्रदेशमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा राजेश हमालको साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई लगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुतिद्वारा उपस्थित दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .