कारोबार


अब भाइबरबाटै राशिफल, हाम्रो पात्रोसँग भयो समझदारी

अब भाइबरबाटै राशिफल, हाम्रो पात्रोसँग भयो समझदारी

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार ८:२१,

विद्युतीय सन्देश सेवादातृ एप्लिकेसन भाइबरले हाम्रो पात्रो राशिफलसँग साझेदारी गरेर हाम्रो राशिफल च्याटबटको प्रारम्भ गरेको छ।

प्रयोगकर्ताको आवश्यकताअनुसार जहाँ पनि, जहिले पनि उपलब्ध हुने यो च्याटबट अनुकूलनीय प्रयोगकर्ता मैत्री, लेख्य–आधारित विशेषतायुक्त रहेको कम्पनीले जनाएको छ। नेपाली उपभोक्ताहरुले अब भाइबरको साथमा आफ्नो औंलाहरुमा राशिफल पाउन सक्नेछन्।

तत्काल कल गर्ने र सन्देश पठाउने एप प्लेटफर्मका उत्साही एवं उत्सुक प्रयोगकर्ताहरुलाई केही नयाँ अनुभव दिलाउन र वफादार आधार निर्माण गर्ने चाहन्छ । भाइबरले हाम्रो पात्रोको विशेषज्ञता तथा विश्वसनीयतालाई अगाडी ल्याउनेछ र यो सेवाको माध्यमबाट प्रयोगकर्ताहरुलाई गहन मुल्य प्रदान गर्ने लक्ष्य राखेको छ ।

भाइबर प्रयोकर्ताहरुले अब बिना कुनै सदस्यता शुल्क दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफल आफूले पाउन, अन्वेषण गर्न र अरुसँग साझा गर्न सक्नेछन् । यो सेवासँग कुनै अतिरिक्त शुल्क गाभिएको छैन ।

सहकार्य समारोहलाई सम्बोधन गर्दै हाम्रो पात्रोका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेतीले भने, ‘नेपाली मोबाइल–एप उद्योगको एक अग्रणी भएको नाताले हामी हाम्रा प्रयोगकर्ताहरुलाई आफ्नो दिन दिनैको गतिविधिहरुसँग सम्बन्धित महत्वपूर्ण जानकारीहरु प्राप्त गर्न र समुदायसँग नजिक रहिरहन सक्षम बनाउन हाम्रो प्लेटफर्ममा सेवाहरु निरन्तर उपलब्ध गराउन प्रयासरत छौं।’ उनले राकुतेन भाइबरसँग यो साझेदारी गर्न पाएकोमा र भाइबर एपमा देशभरका हाम्रा प्रयोगकर्ताहरुलाई आफ्नो राशिफलको भविष्यवाणी प्राप्त गर्न र अद्यावधिक गर्न सक्षम गराउन सकेको बताए।

सोही समारोहमा आफ्नो भनाइ राख्दै राकुतेन भाइबरका सिनियर निर्देश अनुभव नइयरले ज्योतिष शास्त्र नेपाली संंस्कृतिको एक अभिन्न हिस्सा रहेकोले हाम्रो पात्रोसँग सहकार्य गर्न पाएकोमा तथा हाम्रा नेपाली प्रयोगकर्ताहरुको औंलामा नै राशिफल ल्याउन सकेकोमा प्रफुल्लित भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .