ad ad

बाइक


एसडब्लुएमका नयाँ मोटरसाइकल नेपाली बजारमा

एसडब्लुएमका नयाँ मोटरसाइकल नेपाली बजारमा

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ५:१५,

नेपाली बजारमा डट, क्रुजर तथा एडभेन्चर टुर मोटरसाइकलको प्रतिस्पर्धामा इटालियन कम्पनी एसडब्लुएमका मोटरसाइकल आउने भएका छन्। एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा ज्ञान ग्रुपले यी बाइक भित्र्याउन लागेको हो।

एसडब्लुएमका मोटरसाइकल नाडा अटो शोको अवसरमा सार्वजनिक गरिएको थियो। एसडब्लुएमका आरएस ३०० आर, सुपर डुअल ६५० टी र सिल्भर भेस ४४० का मोडल भित्र्याउन लागेको हो। आरएस ३०० आरको मूल्य १६ लाख, सुपर डुअल ६५० टीको २३ लाख रुपैयाँ र सिल्भर भेस ४४० को मूल्य १४ लाख ५० हजार कायम गरिएको छ।

ज्ञान ग्रुपले बजार विस्तारको लागि हाल बालुवाटारमा शोरुम र वर्कशप तथा चितवन र पोखरामा शोरुम खोल्दै छ। इटालियन कम्पनी एसडब्लुएमले सन् १९७१ देखि मोटरसाइकल उत्पादन थालेको हो। फरक बनावट र आकर्षक डिजाइनका कारण सो कम्पनीका मोटरसाइकल लोकप्रिय छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .