बागमती


११ किलो गाँजासहित २ जना पक्राउ

११ किलो गाँजासहित २ जना पक्राउ

नेपालखबर
माघ ७, २०८१ सोमबार १९:१६, हेटौंडा

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित पूर्व-पश्चिम राजमार्गमा चेकजाँचका क्रममा प्रहरीले ११ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। 

आइतबार इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले नारायणगढबाट हेटौंडा हुँदै गौरतर्फ जाँदै गरेको लु. १ ख ७३९५ नम्बरको यात्रुबाहक बसमा शंका लागी चेकजाँच गर्दा गाँजा बरामद गरेको हो। आइतबार पक्राउ परेका उनीहरूलाई प्रहरीले सोमबार (आज) सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा पर्सा जिल्लाको सखुवा पर्सौनी गाउँपालिका वडा नम्बर १ निवासी ४२ वर्षीय सुरेश दास थारु र पर्सागढी नगरपालिका वडा नम्बर २ निवासी २९ वर्षीय अर्जुन महतो थारु रहेका छन्।

प्रहरीका अनुसार बसमा सवार दुबै जनालाई झोलामा लुकाइछिपाई गाँजा बोकेको अवस्थामा फेला पारिएको हो। उनीहरूलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

बरामद लागूऔषध र पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad