ad ad

बागमती


बढ्यो चिसो, कतिमा झर्‍यो काठमाडौँ उपत्यकाको तापक्रम?

बढ्यो चिसो, कतिमा झर्‍यो काठमाडौँ उपत्यकाको तापक्रम?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
माघ ८, २०८० सोमबार ६:१६, काठमाडौँ

चिसो बढेसँगै काठमाडौँ उपत्यकाको तापक्रम पनि घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस छ। अहिले बिहान ८:४५ बजे पुनः मापन गरिनेछ, त्यतिबेला न्यूनतम तापक्रम अझ घट्न सक्ने उनले बताइन्। 

आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियस थियो। 

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको मौसमविद् मानन्धरले बताइन्। आइतबार उपत्यकाको अधिकतम तापक्रम १७ डिग्री सेल्सियस थियो। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।  

मौसमविद् मानन्धरका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने सम्भावना छ। अर्थात् आकाशमा अलि अलि बादल देखि पनि घाम लाग्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .