ad ad

बागमती


काठमाडौँ उपत्यकाको तापक्रम घट्यो कि बढ्यो?

काठमाडौँ उपत्यकाको तापक्रम घट्यो कि बढ्यो?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
पुस २३, २०८० सोमबार ८:४७, काठमाडौँ

आइतबारको तुलनामा सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ६:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस देखिएको हो।

हिजो आइतबार सोही समयमा उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको थियो। यद्यपि पछि बिहान ८:४५ बजे अझ घटेर ४.२ डिग्री सेल्सियसमा झरेको थियो। आज पनि अहिले पुनः बिहान ८:४५ बजे मापन गरिनेछ। त्यतिबेला केही घट्ने सम्भावना हुन्छ।  

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ पुग्ने सम्भावना रहेको मौसमविद् झाले बताए। आइतबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७.५ डिग्री थियो।  

‘दुई/तीन दिन तापक्रम यस्तै हल्का मात्र घटबढ भइरहने सम्भावना देखिन्छ’, उनले भने, ‘किनकि आगामी ३ दिनसम्म त्यस्तो उल्लेखनीय मौसम प्रणाली आउने देखिँदैन।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .