ad ad

बागमती


बागमतीमा आधा–आधा समय सरकार चलाउने एमाले र कांग्रेसको सहमति

कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले भौतिकसहित ६ मन्त्रालय लिने
बागमतीमा आधा–आधा समय सरकार चलाउने एमाले र कांग्रेसको सहमति

सुनिता विष्ट
साउन ८, २०८१ मंगलबार १३:४, मकवानपुर (हेटौंडा)

बागमती प्रदेशमा नेकपा एमाले र नेपाली काङ्ग्रेसको आधा आधा कार्यकाल मुख्यमन्त्री नेतृत्व गर्ने सहमति भएको छ। 

सुरुवातमा नेपाली काङ्ग्रेसका दलका नेता बहादुर सिंह लामा २० महिना र त्यसपछि नेकपा एमालेका दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने सहमति बनेको हो।

मंगलबार हेटौँडामा पुर्वमुख्यमन्त्री डोरमणि पौडेलसहित नेताहरु लामा, थपलिया, नेपाली काङ्ग्रेसका नेता इन्द्र बानियाँ, पूर्व मन्त्री केशव पोख्रेलसहितका नेताहरू बसेर सहमति गरेका हुन्।

सहमति अनुसार एमालेले भौतिक पूर्वाधार सहित ६ मन्त्रालय र काङ्ग्रेसले मुख्यमन्त्री सहित ७ वटा लिने सहमति बनेको छ। 

कांग्रेसले मुख्यमन्त्रीसहित, आर्थिक मामिला तथा योजना मन्त्रालय , आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक मन्त्रालय , युवा तथा खेलकुद मन्त्रालय , श्रम रोजगार तथा यातायात मन्त्रालय , सस्कृती, पर्यटन तथा सहकारी मन्त्रालय लिने सहमति भएको छ। 

त्यस्तै, एमालेले भौतिक सहित खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय , कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय , उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालय लिने सहमति बनेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .