बागमती


मकवानपुमार घाँस काट्ने क्रममा भिरबाट लड्दा महिलाको मृत्यु

मकवानपुमार घाँस काट्ने क्रममा भिरबाट लड्दा महिलाको मृत्यु

नेपालखबर
चैत २९, २०८२ आइतबार ११:३, हेटौँडा

मकवानपुरको भीमफेदी गाउँपालिका-६, सिमलटारमा भिरबाट लडेर महिलाको मृत्यु भएको छ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयाका प्रवक्ता (डीएसपी) पुष्कर बोगटीका अनुसार घाँस काट्ने क्रममा भिरबाट लडेर हेटौँडा उपमहानगरपालिका-१४ नयाँबस्ती टोल निवासी नरेन्द्र मोक्तानकी श्रीमती ३५ वर्षीया सन्तोषी वाइवाको मृत्यु भएको हो।

शनिबार माइत भीमफेदी-६ सिमलटार गएकी सन्तोषी माइतीघरबाट करिब २ सय मिटर दक्षिणतर्फ रहेको खहरे खोलामा घाँस काट्न डोको लिएर निस्किएकी थिइन्।

तर लामो समयसम्म घर नफर्किएपछि आफन्तहरूले खोजतलास गर्ने क्रममा उनी सोही स्थानको भिरबाट करिब ५०/६० मिटर तल लडेर गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्।

उपचारका लागि शनिबार दिउँसो १२:४० बजे हेटौँडा अस्पताल लगिएकी उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ५ सय मिटर दक्षिणमा पर्छ।

कानुनी प्रक्रिया पूरा गरी शनिबारै साँझ ६ बजे मृतकका श्रीमान्‌लाई शव जिम्मा लगाइएको डीएसपी बोगटीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad