सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत फिक्कल गाउँपालिका वडा नम्बर १ र २ को मतगणनाको परिणाम सार्वजनिक भएको छ।
हालसम्मको मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार प्रदीप कटुवाल अग्रस्थानमा रहेका छन्।
कटुवालले ९०३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार उज्ज्वल बरालले ५४२ मत पाएका छन्।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका धनेन्द्रजंग कार्कीले २४९ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका डेकेन्द्र सुवेदीले २१५ मत पाएका छन्।
हालको मत परिणाम अनुसार कटुवालले बरालभन्दा ३६१ मतले अग्रता लिएका छन्। मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
237
Shares

प्रतिक्रिया