चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी भएका छन्।
मंगलबार (आज) सार्वजनिक भएको मतपरिणाम अनुसार सुवेदी २ सय ९९ मतान्तरले विजयी भएका हुन्। सुवेदीले १ हजार ४ सय ८४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी शिरिष पन्तले १ हजार १ सय ८५ मत ल्याए।
वरिष्ठ उपाध्यक्षमा सुवेदी प्यानलकै राजेन्द्र ओली, उपाध्यक्षहरू नारायण प्रधान र राजन पियाले जित निकाल्दा अर्का उपाध्यक्षमा पन्त प्यानलका जनक पौडेल विजयी भएका छन्।
संघका अन्य सदस्यमा अधिकांश सुवेदी प्यालनबाट नै विजयी भएका हुन्।
कुल मतदाता संख्या ३ हजार ३ सय ७१ रहेकोमा जम्मा २ हजार ७ सय १९ मत खसेको थियो।
99
Shares

प्रतिक्रिया