चितवनमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटनामा चितवनकै माडी नगरपालिका-१ गर्दीका २० वर्षीय तृशल महतोको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाालका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रत्ननगर नगरपालिका-९ टिकौली जंगलनजिक दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक तृशल महतो र मोटरसाइकलमा सवार १९ वर्षीय अंकित महतो दुवै घाइते भएका थिए।
यसपछि सेन्ट्रल अस्पताल लगिएकामा उपचारका क्रममा तृशलको मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का घाइते अंकितको भने उपचार जारी छ।
153
Shares

प्रतिक्रिया