देशभर चिसो बढेसँगै केही दिनदेखि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पनि तल झर्दै गएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) बिहान ८:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियसमा झरेको छ।
यसअघि बिहीबार पनि उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस नै थियो।
एक हप्ताअघि मंसिर १९ गते भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस थियो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसम महाशाखाले अहिलेसम्म दिएको विवरणअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ४ डिग्री सेल्सियस छ।
हेर्नुहोस् तापक्रम सूची:

नोट : अधिकतम तापक्रम भरे साँझ ५:४५ बजे मात्र आउने भएकाले माथिको सूचीमा न्यूनतम तापक्रम मात्र आजका हुन्।
Shares

प्रतिक्रिया