काठमाडौँ उपत्यकाकाको न्यूनतम तापक्रम आज (आइतबार) हल्का बढेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस देखिएको हो। हिजो शनिबार ६.२ डिग्री सेल्सियस थियो।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम मौसम महाशाखाले अहिले बिहान ८:४५ बजे सार्वजनिक गर्छ। त्यतिबेलासम्म अझ घट्ने सम्भावना पनि हुन्छ अथवा अहिलेकै कायम रहन पनि सक्छ।
यसअघि शुक्रबार ८.६ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम स्वाट्टै घटेर शनिबार ६.२ मा झरेको थियो।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ।
शनिबार साँझदेखि मुलुकभर पश्चिम वायुको आंशिक प्रभाव सुरु भएको छ। जसले केही मात्रामा बादल लगाउने सम्भावना हुन्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
हिजो शनिबार देशभर यस्तो थियो न्यूनतम र अधिकतम तापक्रम (स्रोत : मौसम महाशाखा)

Shares

प्रतिक्रिया