समाज


सुरु भयो पश्चिमी वायुको प्रभाव

सुरु भयो पश्चिमी वायुको प्रभाव

पश्चिमी वायुको सांकेतिक तस्बिर


नेपालखबर
मंसिर २०, २०८२ शनिबार २०:२९, काठमाडौँ

केही दिनदेखि कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको नेपालमा आज शनिबार साँझदेखि पश्चिमी वायुको प्रभाव सुरु भएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार साँझ ६ बजे जारी गरेको बुलेटिनमा भनिएको छ, ‘हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ।’

यसअघि आजै बिहान ८ बजे जारी बुलेटिनमा देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको उल्लेख थियो। 

मौसम महाशाखाको प्रक्षेपणअनुसार सोमबारसम्मको मौसम यस्तो रहनेछ:

आज राति : गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

मंसिर २१ गते (आइतबार

दिउँसो : देशभर आंशिक बदली रहनेछ।

राति : कोसी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

मंसिर २२ गते (सोमबार

दिउँसो : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

राति : कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad