राजनीति


सबै कम्युनिस्ट शक्ति एक हुनुको विकल्प छैन: नारायणकाजी

सबै कम्युनिस्ट शक्ति एक हुनुको विकल्प छैन: नारायणकाजी

नेपालखबर
मंसिर २१, २०८२ आइतबार ६:२४, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सबै कम्युनिस्ट शक्ति एक हुनुको विकल्प नभएको बताएका छन्। 

शनिबार नेकपाले जनकपुरमा आयोजना गरेको मधेस प्रदेश स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले मधेसी जनताको अधिकार कम्युनिस्ट शक्तिहरूले मात्रै सुनिश्चित गर्न सक्ने बताए। 

नेता श्रेष्ठले मधेसवादी दलहरूबाट मधेसी जनताको अधिकार सुनिश्चित नहुने दाबी गरे।  

उनले वामपन्थी, प्रगतिशील समूहलाई नेपाली कम्युनिस्ट पार्टीसँगको एकता प्रक्रियामा सहभागी हुन पनि आह्वान गरे। 

‘वामपन्थी शक्तिहरूको वर्तमान एकता केवल प्रस्थान बिन्दु मात्रै हो,’ उनले भने,  ‘सबै कम्युनिस्टहरू एक हुनुको विकल्प छैन। यो सभा एकताको सन्देश मात्र नभई संकल्पको पनि सभा हो।’

उनले आगामी फागुन २१ गते हुने चुनावमा विजय हासिल गर्न पनि वामपन्थी शक्तिहरुबीच एकताको विकल्प नभएकोमा जोड दिए। 

मुलुकको अघि राष्ट्रिय स्वाधिनको रक्षा, शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता, विकास समृद्धिको कामलाई तीव्रता दिने दायित्व रहेको चर्चा गर्दै श्रेष्ठले त्यसको लागि आवश्यक पर्दा संविधान संशोधन गर्नुपर्नेमा जोड दिए।

उनले सामाजिक आर्थिक रुपान्तरण अबको दायित्व भएको बताए। शिक्षा, स्वास्थ्य रोजगारी, खाद्यान्न, आवास जस्ता जनताका आधारभूत समस्या समाधान नगरेसम्म राजनीतिक परिवर्तन संस्थागत नहुने उनको भनाई थियो। 

मुलुकको विकास र समाजवादको विकल्प नभएको भन्दै उनले आन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै थप अधिकारका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए।

मधेस, पहाड र हिमाललाई एकताबद्ध गर्न सके मात्रै नेपालको राष्ट्रिय एकता मजबुत हुने उनको भनाई थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad