बागमती


ट्रक पल्टिँदा बन्द कान्तिलोकपथ ६ घण्टापछि खुलाइयो

ट्रक पल्टिँदा बन्द कान्तिलोकपथ ६ घण्टापछि खुलाइयो

शनिबार बिहान भीमफेदीमा यसरी पल्टिएको थियो ट्रक। अहिले यो हटाइएको छ। सडक खुलिसकेको छ।


नेपालखबर
मंसिर ६, २०८२ शनिबार ११:५५, हेटौँडा

कान्तिलोकपथअन्तर्गत मकवानपुरको भीमफेदीमा सडक नै बन्द हुने गरी शनिबार बिहान पल्टिएको ट्रक हटाउन ६ घण्टा लागेको छ। 

प्रहरीका अनुसार ट्रक हटाएपछि केही बेरअघिदेखि सडक खुलेको छ। 

वीरगन्जबाट औषधि लिएर काठमाडौँ जाँदै गरेको ट्रक शनिबार बिहान ५ बजेतिर कान्तिलोकपथअन्तर्तग मकवानपुरको भीमफेदी गाउँपालिका-८, बगुवास्थित कान्तिलोकपथमा पल्टिँदा दुवैतर्फ यातायात बन्द भएको थियो। 

ब्रेक फेल भएर पल्टिएको ना ३ ख ३१९२ नम्बरको ट्रक पल्टिँदा ६ घण्टासम्म कान्तिलोकपथ बन्द भएको थियो।

बगुवामै रहेको क्रसर उद्योगको जेसीभीको सहायताले ट्रक हटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिए।

ट्रक हटाएपछि सवारीसाधन चल्न थालेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad