बागमती


बागमतीमा ४३ शीर्षकमा बजेट घटाउने निर्णय, ३ अर्बभन्दा बढी कटौती

बागमतीमा ४३ शीर्षकमा बजेट घटाउने निर्णय, ३ अर्बभन्दा बढी कटौती

नेपालखबर
असोज ३०, २०८२ बिहिबार १४:५९, हेटौँडा

बागमती प्रदेश सरकारले कुल बजेटको विभिन्न शीर्षकमा खर्च कटौती गरेको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार ४३ शीर्षकको बजेटमा क्रमशः ३०, ४० र ५० प्रतिशतसम्म कटौती गरिएको छ।

असोज २ गते बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेश सरकारको खर्च कटौती गर्न समिति गठन गरिएको थियो। उक्त समितिको अध्ययन पश्चात् तालिम, बैठक, भ्रमण भत्ता, प्रोत्साहन लगाएतका शीर्षकमा विनियोजन भएको बजेट कटौती गर्ने निर्णय गरिएको हो। 

पारिश्रमिक सेवा सुविधा, कर्मचारी सामाजिक सुरक्षा खर्च, पूँजीगत संरचनाको सञ्चालन र सम्भार खर्च, कार्यालय सामान तथा खर्च, सेवा तथा परामर्श खर्च लगाएतका ४३ वटा शीर्षकमा बजेट कतौती गर्ने निर्णय गरिएको छ। 

प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि विनियोजन गरेको कुल ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैँयाको बजेटमा ३ अर्ब ४७ करोड १२ लाख ३८ हजार रुपैयाँ बजेट कटौती गर्ने निर्णय गरिएको छ। जसमा आवश्यकताको आधारलाई मूल्यांकन गरेर क्रमशः ३०, ४० र ५० प्रतिशतसम्म बजेट कटौती गर्ने निर्णय भएको अर्थमन्त्री तामाङले बताए । 

कर्मचारी बैठक भत्ताको ५० प्रतिशत खर्च कटौती गर्ने निर्णय गरेको छ भने कर्मचारी प्रोत्साहन तथा पुरस्कारमा ३० प्रतिशत, पदाधिकारी बैठक भत्ताको ५० प्रतिशत, अन्य भत्ताको समेत ५० प्रतिशत खर्च कटौती गर्ने निर्णय गरेको छ।

३० प्रतिशतका दरले खर्च कटौती गरिएका शीर्षकहरुबाट २ अर्ब ७६ करोड ९० लाख ३१ हजार रुपैयाँ रहेको छ भने ४० प्रतिशतका दरले कटौती गरेको शीर्षकबाट ३६ करोड १३ लाख ७९ हजार रुपैयाँ र ५० प्रतिशतका दरले खर्च कटौती गरिएको शीर्षकबाट ३४ करोड ८ लाख २८ हजार रुपैयाँ बजेट कटौती गर्ने निर्णय गरिएको अर्थ मन्त्री तामाङले बताए।

प्रदेशको वित्तीय अनुशासन कायम राख्दै अनुत्पादक खर्चलाई नियन्त्रण गर्ने प्रयास अनुसार खर्च कटौतीलाई जोड दिइएको अर्थ मन्त्री तामाङले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad