बागमती


‘किसानझैँ फोहर’ लेखेकामा किसान महासंघको आपत्ति, स्टाटस नहटाए बालेनविरुद्ध कदम चाल्ने चेतावनी

‘किसानझैँ फोहर’ लेखेकामा किसान महासंघको आपत्ति, स्टाटस नहटाए बालेनविरुद्ध कदम चाल्ने चेतावनी

नेपालखबर
असोज २८, २०८२ मंगलबार १९:४१, काठमाडौँ

नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले ‘किसानझैँ फोहर’ लेखेर किसानको अपमान गरेको भन्दै गम्भीर आपत्ति जनाएकाे छ।

महासंघले मंगलबार विज्ञप्ति जारी गरी बालेनले सोमबार राति फेसबुकमा कविता लेख्दै किसानलाई होच्याउने र स्वाभिमानमा चोट पुग्ने शब्दावली प्रयोग गरेको बताएको हो। 

साथै महास‌ंघले त्यो स्टाटस तुरुन्त हटाउन र  किसानसँग माफी माग्न आग्रह गर्दै अन्यथा कदम चाल्ने चेतावनीसमेत दिएको छ। 

‘काठमाडौँ महानगरपालिकाका मेयर श्री बालेन साहले आफ्नो फेसबुक स्टाटसमा किसानलाई अपमानित गर्ने गरी “किसानझैँ फोहर” भनी दिइएको अभिव्यक्तिप्रति अखिल नेपाल किसान महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। मुलुकको प्रमुख र आधारभूत उत्पादक शक्तिका रूपमा रहेका आम किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरूको स्वाभिमानमा चोट पुग्ने गरी दिइएको अभिव्यक्तिप्रति महासंघ घोर भर्त्सना र निन्दा गर्दछ विज्ञप्तिमा भनिएको छ, काठमाडौँ महानगरपालिकाको मेयरजस्तो जिम्मेवार पदमा आसीन व्यक्तिबाट यसप्रकारका अपमानजनक भनाइ व्यक्त हुन खेदजनक छन्। मेयर साहलाई अविलम्ब आफ्नो स्टाटस हटाउन र किसानसँग माफी माग्न सूचित गरिएको छ। अन्यथा निज साहको विरुद्धमा महासंघले थप कदम उठाउने समेत चेतावनी दिन चाहन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad