काठमाडौँको सिंहदरबारबाहिर रहेको उपत्यका ट्राफिक कार्यालय, बग्गीखानामा पनि लुटपाट भएको छ।
लुटेराहरूले बग्गीखानामा रहेका मोटरसाइकल लिएर गएका छन्।
तीमध्ये केहीले ट्राफिककै पोसाक लगाएका थिए।
उनीहरूले हाँस्दै फोटो पनि खिचाएको भिडिओमा देख्न सकिन्छ। साँझ परेपछि उनीहरु त्यहाँ पुगेका थिए।
यता सिंहदरबारको मुख्य प्रवेशद्वार जल्दै थियो। नजिकै स्वास्थ्य मन्त्रालयमा पनि आगो लगाइसकिएको थियो। रामशाहपथ क्षेत्रमा ठाउँठाउँमा टायर र गाडीहरु जलाइएको थियो। केही प्रदर्शनकारी पृथ्वीनारायणको सालिकनिर नाराबाजी र होहल्ला गरिरहेका थिए।
त्यहीबेला बग्गीखानामा लुटपाट भएको हो।


1.0k
Shares

प्रतिक्रिया