रामेछापको लिखु तामाकोशी गाउँपालिका-७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ।
काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएको स्थानीय सञ्जीव चौहानले राससलाई जानकारी दिएका छन्।
यसैबीच प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताएका छन्।
216
Shares

प्रतिक्रिया