बागमती


बागमती कांग्रेस संसदीय दल विवादः सहमति जुटेन, बिहान पुनः छलफल

बागमती कांग्रेस संसदीय दल विवादः सहमति जुटेन, बिहान पुनः छलफल

नेपालखबर
साउन १२, २०८२ सोमबार २२:१०, काठमाडौँ

नेपाली कांग्रेस बागमती सदंसदीय दलको विवादबारे आज सहमति जुट्न सकेन। 

बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद भएको हो।

संसदीय दलका नेता समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसका २१ जना सांसदहरुले हस्ताक्षर गरेका छन्। अविश्वासको प्रस्तावको नेतृत्वकर्ता भने कांग्रेस सांसद इन्द्र बानियाँ रहेका छन्।  

आज सहमति नजुटेपछि भोली (मंगलबार) बिहान १० बजे बस्ने गरि आजको छलफल सकिएको कांग्रेस बागमतले जनाएको छ।

लामा समूहले आफ्ना साम्सद सबै उपस्थित नभएको भनेर अडान राखेपछि आज सहमति नजुटेको हो। 

मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेको विषयमा सत्ता साझेदार नेकपा एमालेले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ।

मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आव २०८२/८३ का लागि ल्याएको बजेटमा कांग्रेसभित्र चर्को विवाद भएको थियो। बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेका हुन्। 
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad