बागमती


काठमाडौँमा युवकले एकैचोटि ४८ वटा फ्लेक्सन ट्याब्लेट खाएपछि...

काठमाडौँमा युवकले एकैचोटि ४८ वटा फ्लेक्सन ट्याब्लेट खाएपछि...

प्रतीकात्मक तस्बीर


नेपालखबर
जेठ ७, २०८२ बुधबार १५:२३, काठमाडौँ

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-७ फिक्कल चोकमा डेरा गरी बस्ने एक युवक एकैचोटि फ्लेक्सन नामको ४८ वटा ट्याब्लेट खाँदा बिरामी परेका छन्। 

प्रहरी प्रभाग काँडाघारीले बुधबार दिएको जानकारीअनुसार दोलखाको बैतेश्वर गाउँपालिका-३ घर भएका २३ वर्षीय गणेशबहादुर राउतले मंगलबार साँझ ६ बजेतिर एकैपटकमा ४८ वटा फ्लेक्सन ट्याब्लेट खाएका हुन्। 

त्यसपछि अस्वस्थ भएका उनलाई उनकी आमा सीता राउतले तत्काल उपचारका लागि पेप्सिकोलास्थित रहेको मदरल्यान्ड अस्पताल भर्ना गराएकी छन्। 

हाल उपचाररत युवक बोल्न सक्ने अवस्थामा रहेको प्रहरी प्रभाग काँडाघारीले जनाएको छ। 

उनले त्यसरी एकैचोटि त्यति धेरै फ्लेक्सन ट्याब्लेट किन खाए भन्ने कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

फ्लेक्सन सामान्य दुखाइ, ज्वरो तथा कमजोरीका बेला प्रयोग गर्ने औषधी हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad