सेयरबजार परिसूचक नेप्से सुरुवातमा बढे पनि अन्तिममा राताम्मे बनेर बन्द भएको छ। बुधबार नेप्से ६.९३ अंकले घटेर २६७०.५१ अंकमा बन्द भएको हो।
नेपाल राष्ट्रबैंकले गभर्नरमा डा.विश्व पौडेल पाएसँगै त्यसको प्रभाव बजारको सुरुवातमा परेको थियो। नभन्दै बजार खुलेको ४ मिनेटमा ८३ अंकले नेप्से बढेको थियो। तर त्यसपछि तुरुन्तै सम्हालिएको बजार अन्तमा भने राताम्मे बनेर बन्द भएको हो।
आज कुल १० अर्ब ६९ करोडको कारोबार भएको छ भने कारोबारमा आएका १५३ वटा कम्पनीको मूल्य घट्दा ९३ वटा कम्पनीको भने बढेको हो। बढ्नेमा ओम मेघाश्री फर्माको ९.९९ प्रतिशतले मूल्य बढेको हो। घट्नेमा भने आज बाराही हाइड्रो अगाडि छ। यो कम्पनीको सेयर मूल्य ८.२७ प्रतिशतले घटेको हो।
आज कारोबारमा भने राधी जलविद्युत् कम्पनी अगाडि छ। यो कम्पनीको ७१ करोडको कारोबार भएको हो।
Shares

प्रतिक्रिया