बागमती


मुग्लिन–नारायणगढ सडक ४ घण्टापछि एकतर्फी खुल्यो

मुग्लिन–नारायणगढ सडक ४ घण्टापछि एकतर्फी खुल्यो

तस्बिरः रासस


सुनिता विष्ट
बैशाख २८, २०८२ आइतबार १०:४६, हेटौँडा

मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत पर्ने तुईनखोलामा दुर्घटना भएको ट्रक सडकबाट उठाइएपछि एकतर्फी सडक सञ्चालनमा आएको छ। 

आइतबार बिहान ७ बजे ट्रक सडकमै पल्टिएर दुर्घटना भएपछि दुबैतर्फको सवारी आवागमन पूर्णरूपमा अवरुद्ध थियो। अवरुद्ध सडक करिब ४ घण्टापछि एकतर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ।

आज बिहान करिब ७ बजे वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको कोइला लोड ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। मधेस प्रदेश ०३-००१ख ९८१७ नम्बरको उक्त ट्रक आफै अनियन्त्रित भई पल्टिँदा सडकका दुवै लेन बन्द हुँदा यो सडकबाट आवतजावत गर्ने सवारीहरू सडकमै रोकेपछि लामो जाम लागेको थियो। 

दुर्घटनापछि इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षक प्रतिक सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले क्रेनको प्रयोग गरेर दुर्घटनाग्रस्त ट्रक साइड लगाएको हो। लामो समय सडक अवरुद्ध हुँदा उक्त खण्डमा सवारीको चाप रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad