शनिबार बिहानै तुइनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा मुग्लिन-नारायणगढ सडक बन्द भएको छ।
चितवन प्रहरीका अनुसार शनिबार बिहान करिब ७ बजे वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको कोइला बोकेको ट्रक अनियन्त्रित भई बीच सडकमा पल्टिएको हो।
मधेस प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक पल्टिँदा सडकका दुवै लेन बन्द भएको चितवन प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षक प्रतिक सिंहको नेतृत्वमा गएको टोलीले सडक खुलाउने प्रयास गरिरहेको छ।
सडक अवरुद्ध हुँदा उक्त खण्डमा सवारी जाम बढ्दै गएको छ।
घटनास्थलमा डोजर र अन्य आवश्यक उपकरण प्रयोग गरी ट्रक हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।
300
Shares

प्रतिक्रिया