यतिबेला (आइतबार दिउँसो) काठमाडौँ उपत्यकामा मेघगर्जनसहित वर्षा सुरु भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले आज उपत्यकामा हल्का वर्षाको मात्र सम्भावना रहेको जानकारी दिए।
‘त्यस्तो ठूलो वर्षाको सम्भावना त देखिएको छैन, हल्का वर्षा हुने देखिएको छ’, ती मौसमविद्ले नेपालखबरसँग भने।
मौसम महाशाखाका अनुसार आज काठमाडौँसहित ताप्लेजुङ, जिरी, पोखरा, जोमसोम, जुम्लालगायत सहरमा हल्का वर्षा हुने सम्भावना छ।
यसैबीच आज सबैभन्दा बढी तापक्रम भैरहवामा ४० डिग्री सेल्सियसम्म पुग्न सक्ने र सबैभन्दा कम आज राति जोमसोसम र जुम्लामा ४ डिग्रीसम्म पुग्ने अनुमान महाशाखाले गरेको छ।
663
Shares

प्रतिक्रिया