बागमती


काठमाडौँका ९ वृत्तमा प्रहरी इन्चार्ज हेरफेर: थानकोटमा गिरी, बानेश्वरमा खतिवडा

काठमाडौँका ९ वृत्तमा प्रहरी इन्चार्ज हेरफेर: थानकोटमा गिरी, बानेश्वरमा खतिवडा

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १२:३६, काठमाडौँ

प्रहरी प्रधान कार्यालयले एकसाथ १२१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।

बुधबार प्रहरी महानिरीक्षक दीपक थापाले गरेको सरुवाको निर्णय बिहीबार सार्वजनिक गरिएको हो। 

सरुवासँगै धेरै कार्यालयमा प्रहरी प्रमुख हेरफेर भएका छन्।

काठमाडौँ उपत्यकाका ३ जिल्लामा पनि ९ वटा प्रहरी वृत्तका इन्चार्ज परिवर्तन भएका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी हरि खतिवडा नयाँबानेश्वर वृत्तमा सरुवा भएका छन्। 

प्रहरी वृत्त थानकोटमा एलिजा गिरीलाई सरुवा गरिएको छ। 

बालाजु वृत्तमा ज्ञानबहादुर बिष्ट, नगरप्रहरी कार्यालय भृकुटीमण्डपमा मञ्जिल मुकारुङ, कालीमाटी वृत्तमा मधुकुमार थापा र कीर्तिपुर वृत्तमा राजबाबु महर्जन सरुवा भएका छन्। 

भक्तपुरको ठिमी वृत्त र ललितपुरका २ वटा वृत्तका पनि इन्चार्ज सरुवा गरिएको छ।

ठिमीमा नवराज ढुंगाना, ललितपुरको चापागाउँ वृत्तमा यमकुमार श्रेष्ठ र सातदोबाटो वृत्तमा रामकुमार यादवलाई सरुवा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad