बागमती


मेयर बालेनले ‘माया’ डिलिट गरेपछि...

मेयर बालेनले ‘माया’ डिलिट गरेपछि...

नेपालखबर
चैत ३१, २०८१ आइतबार ११:८, काठमाडौँ

प्रायः राति सामाजिक सञ्जालमा पोस्ट गर्ने परिचय बनाएका काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ले शनिबार (चैत ३० गते) राति फेसबुकमा लेखेको एउटा स्टाटस अहिले चर्चामा छ। 

खासगरी उनले त्यो स्टाटस लेखेको केही समयपछि डिलिट गरेपछि झन् बढी चर्चामा आएको हो। 

उनले शनिबार राति फेसबुकमा लेखेका थिए, ‘मेरो माया लाग्छ?’

यसमा विभिन्न टिकाटिप्पणी आउन थालेपछि बालेनले केही समयपछि राति नै उक्त स्टाटस डिलिट गरेका थिए। 

तर त्यसको स्क्रिन सट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

विशेषगरी राजनीतिक दल र नेताविरुद्ध तीखा स्टाटस लेख्ने बालेनले शनिबार राति भने मायाको कुरा किन गरे भनेर सामाजिक सञ्जालमा विभिन्न अनुमान भइरहेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad