बागमती


मकवानपुरमा बस र म्याजिक ठोकिँदा एक चालकको मृत्यु, अर्का पक्राउ

मकवानपुरमा बस र म्याजिक ठोकिँदा एक चालकको मृत्यु, अर्का पक्राउ

नेपालखबर
चैत १५, २०८१ शुक्रबार ८:१७, हेटौँडा

मकवानपुरमा आज शुक्रबार बिहान बस र म्याजिक गाडी एकआपसमा ठक्कर खादा एकजनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका-६ स्थित लाेथरमा बस र म्याजिक ठाेकिँदा म्याजिक चालककाे मृत्यु भएकाे हो।

बिहान करिब ३ बजे भएकाे दुर्घटनामा राक्सिराङ गाउँपालिका-४ बस्ने ३२ वर्षका सन्देश काेइरालाकाे निधन भएकाे मकवानपुर प्रहरीले जनाएको छ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट  चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ च ३०१२ नम्बरको  म्याजिक गाडी आपसमा ठोकिएका हुन्। 

म्याजिकमा चालक मात्रै रहेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।

चालक कोइरालाको खुट्टा, टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई चितवन नयाँ मेडिकल कलेज भरतपुर पठाइएकामा डाक्टरले मृत घाेषणा गरेका हुन्। 

मृतककाे शव साेही अस्पतालमा रहेकाे र बसका चालक नियन्त्रणमा रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad