बागमती


काठमाडौँबाट भारत जाँदै गरेको १७ जना सवार भारतीय गाडी मकवानपुरमा पल्टियो

काठमाडौँबाट भारत जाँदै गरेको १७ जना सवार भारतीय गाडी मकवानपुरमा पल्टियो

सोमबार बिहान मकवानपुरको सिस्नेरीमा पल्टिएको भारतीय गाडी।


सुनिता विष्ट
चैत ४, २०८१ सोमबार ८:३५, हेटौँडा

मकवानपुरमा सोमबार (आज) बिहान भारतीय गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।

बिहान ७:३० बजेतिर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी स्थित धाराखोल्सा भन्ने स्थानमा काठमाडौँबाट भारतको उत्तर प्रदेश जाँदै गरेको गाडी दुर्घटना भएको हो।

सोमबार बिहान मकवानपुरको सिस्नेरीमा पल्टिएको भारतीय गाडी।

काठमाडौँबाट हेटौँडा हुँदै उत्तर प्रदेश जान लागेको यू पी ७० एन टी ६९१७ नम्बरको गाडी धारापानीको मोडमा एक्कासि ब्रेक फेल हुँदा दुर्घटना भएको बताइएको छ।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय, सिस्नेरीको प्रहरी टोली घटनास्थल पुगेका छन्। 

प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरुलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्था लगिएको स्थानीय सन्तोष बानियाँले जानकारी दिए।

गाडीमा १७ जना सवार थिए। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad