बागमती


बागमती प्रदेशस्तरीय लदी पर्व बकैयामा मनाइँदै

बागमती प्रदेशस्तरीय लदी पर्व बकैयामा मनाइँदै

सुनिता विष्ट
फागुन २०, २०८१ मंगलबार १३:५१, मकवानपुर

माझी समुदायको विशेष पर्वका रूपमा रहेको लदी पर्व आज मनाइँदैछ। यो समुदायले लदी पर्वमा खोलालाई भगवान्‌का रूपमा मान्दै पूजाअर्चना गर्ने गर्दछन्।

यस दिन नदी सरसफाइ गरी सामूहिक रूपमा पूजाअर्चना गर्ने गरिन्छ। मनाइने गरिन्छ।

‘कोसीपर्व’ समेत भनेर चिनिने लदीलाई आज (मंगलबार) मकवानपुरको बकैया गाउँपालिकाका माझी समुदायले पनि धुमधामका साथ मनाइरहेका छन्।

समुदायले बकैयामा रहेको सीमा खोलामा जम्मा भएर पूजाआराधना गरेका हुन्। माझी समुदायका पुजारी मङ्गलदास माझीले पूजाआराधना गरेर बलि दिएका थिए।

बकैयामा पूजाका साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ। यहाँ सामूहिक भोजको समेत व्यवस्थापन गरिएको नेपाल माझी उत्थान संघकी केन्द्रीय अध्यक्ष चिनिमाया माझीले बताइन्।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लामा रहेका माझी समुदायलाई आमन्त्रण गरिएको छ।

लोप हुँदै गएको कोसीपर्व नेपाल माझी उत्थान संघले २०५५ सालमा सिन्धुलीको मरिन खोलामा पूजा गरेर मनाउन थालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad