बागमती


बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक, सहमति कार्यान्वयन हुनुपर्ने माओवादीको अडान

बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक, सहमति कार्यान्वयन हुनुपर्ने माओवादीको अडान

तस्बिर क्रमशः सभामुख भुवनकुमार पाठक र माओवादी केन्द्रका प्रमुख सचेतक रत्न प्रसाद ढकाल।


सुनिता विष्ट
माघ २२, २०८१ मंगलबार ११:५०, काठमाडौँ

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका छन्। बुधबार (भोलि) बस्ने प्रदेशसभा बैठकलाई सहज बनाउनको लागि प्रदेश सभा बैठक आह्वान गरिएको हो। 

मंगलबार दिउँसो ३ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए। ‘खासै त्यस्तो ठूलो बिषयको छलछल त छैन,’ सभामुख पाठकले नेपालखबरसँग भने, ‘विभिन्न समितिबाट छलफल गरेर ल्याइएका ४ वटा विधेयक तथा प्रतिवेदन तयार भएको केही विधेयकलाई पूर्ण बैठकमा छलफल गरी पारित गर्नुपर्ने भएकाले त्यसमा सहमतिका लागि सर्वदलीय बैठक आयोजना गरिएको हो। सत्ता पक्ष र प्रतिपक्ष दुवैलाई चित्त बुझाएर मात्रै सदनमा जाऔं भन्ने हो।’

प्रदेशसभामा प्रदेश खेलकुद ऐन संशोधन विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको छ। 

उक्त विधेयकमाथि छलफल गरी सदनबाट पारित गर्नुपर्ने भएकोले सदन बस्नुअघि सर्वदलीय बैठक आह्वान गरिएको सभामुख पाठक बताउँछन्। 

यता, प्रदेश सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विधेयकलाई अगाडि बढाउन कुनै समस्या नभएको तर त्यसका लागि सरकारले गरेको बाचा पूरा गर्नुपर्ने बताएको छ। बजेटको सहमति र गत असोज ११ र १२ गते बर्षाका कारण परेको बिपदका बेला प्रतिपक्षी दलसँग गरिएको सहममि कार्यान्वयन नभए सदन चल्नै नदिने नेकपा माओवादी केन्द्र प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले बताए।  

उनका अनुसार सर्वदलीय बैठकले सरकार र प्रतिपक्षी दलहरुबीचको कार्यदल बनाएर दुवैको धारणाको लिखित अभिलेख राख्दै विगतका सहममिलाई कार्यान्वयन गरे मात्रै सदन चल्न दिने नत्र सदन नै अवरोध गर्न समेत पछि नहट्ने बताए। 

‘आज बस्ने सर्वदलीय बैठकले कस्तो रुपरेखा तयार गर्छ,’ उनले भने, ‘हामीसँग भएका सहमति कार्यान्वयनको प्रक्रिया सुरु भए सरकारलाई सहयोग गरेर अघि बढिन्छ। कार्यान्वयन नगरेर सरकारले घमण्ड देखाए सदन चल्न दिदैनौं। सर्वदलीय बैठकमा पनि हाम्रो छलफलको एजेण्डा यही नै हुनेछ।’

सरकारले प्रदेशसभा सञ्चालनका लागि प्रतिपक्षसँगको छलफल गरी उचित निर्णय गराए मात्र बैठकका कार्यक्रम अघि बढ्ने उनको भनाइ छ। प्रतिपक्ष दलहरूसँगको सहमति कार्यान्वयनमा सरकार उदासिन भएको उनले आरोप लगाए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad