समाज


ओखलढुंगामा गाडी दुर्घटना हुँदा आमाछोरासहित ३ जनाको मृत्यु, चालक फरार

ओखलढुंगामा गाडी दुर्घटना हुँदा आमाछोरासहित ३ जनाको मृत्यु, चालक फरार

नेपालखबर
माघ १७, २०८१ बिहिबार १२:४६, काठमाडौँ

गएराति ओखलढुंगाको हर्कपुरमा टाटासुमो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।  

ओखलढुंगाको सिद्धिचरण राजमार्गमा पर्ने मानेभन्जयाङ ७ भँडारेखोला भन्ने ठाउँमा ना १ ज ६४२१ टाटासुमो दुर्घटना हुँदा आमाछोरासहित तीन जनाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय खोटाङका पहरी निरीक्षक सन्जु कार्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा खोटाङको केपीलासगढी गाउँपालिका-३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङ छन्। 

‘मृतक मायादेवी र पुजन आमा छोरा हुन्,’ इन्सपेक्टर कार्कीले नेपालखबरसँग भने, ‘तारा गुरुङ र उनीहरुबीचको नाता सम्बन्ध खुलिसकेको छैन।’

तर जिल्ला प्रहरी कार्यालय ओखलुढंगाका डीएसपी कृष्ण खड्काका अनुसार  तारा गुरुङ मायादेवीकी बहिनी हुन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की ४५ तारा बिरामी भएपछि उपचारकाे लागि काठमाडाैँ आउँदै गर्दा सुमाे दुर्घटना भएकाे हाे।

टाटासुमो सुनसरीको इनरुवा नगरपालिका- २ का २२ वर्षीय अनिल पण्डितले चलाएका थिए। दुर्घटनापछि उनी फरार रहेका कार्कीले जानकारी दिए। प्रहरीले उनको खोजी गरिरहेको छ। 

कार्कीका अनुसार घरमै आगोले पोलेपछि तारा गुरुङ उपचारको लागि खोटाङ जिल्ला अस्पताल पुगेकी थिइन्। जिल्ला अस्पतालका चिकित्सकले थप उपचारको लागि उनलाई काठमाडौँ लैजान भनेपछि उनीहरु राति नै टाटोसुमो रिजर्भ गरेर काठमाडौँ आउँदै गर्दा दुर्घटना भएकाे हाे।

गाडी सडकबाट झण्डै एकसय मिटर तल खसेको छ। दुर्घटना राति कतिबजे भयो, खुलिनसकेको प्रहरीले जनाएको छ। 

‘हामीलाई बिहीबार बिहान सबा ८ बजेटिर मात्रै खबर आएको हो,’ कार्कीले भने, ‘त्यतिबेला प्रहरी टोली घटनास्थलमा पुग्दा तीनजनाको शव घटनास्थलमै थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad