बागमती


चितवनमा आगो तापेकै ठाउँमा गैँडाको आक्रमण, २ महिला घाइते

चितवनमा आगो तापेकै ठाउँमा गैँडाको आक्रमण, २ महिला घाइते

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०८१ मंगलबार ११:४७, चितवन

पूर्वी चितवनमा आज (मंगलबार) बिहान गैँडाले आक्रमण गर्दा दुई महिला घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार गैँडाको आक्रमणबाट खैरहनी नगरपालिका-१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन्।

आज बिहान ६:२० बजे घरमा आगो तापिरहेका बेला उनीहरूलाई गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ। 

घाइते दुवैलाई भरतपुर अस्पताल लगिएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad