बागमती


काठमाडौँको न्यूनतम तापक्रम बढ्यो

काठमाडौँको न्यूनतम तापक्रम बढ्यो

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
पुस १६, २०८१ मंगलबार ७:९, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (मंगलबार) हिजो (सोमबार) को भन्दा बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो। 

हिजो सोमबार उपत्यकाको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस थियो।

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन हुन्छ। त्यसबेलासम्म न्यूनतम  तापक्रम अझ घट्ने सम्भावना पनि हुन्छ। 

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्याे भने न्यूनतम तापक्रम बढ्छ भने राति आकाश सफा रह्यो भने घट्छ। 

यसको ठीक उल्टो दिउँसोचाहिँ बादल लाग्यो भने घाम लाग्न नपाउने भएकाले अधिकतम तापक्रम घट्छ भने मौसम सफा भई आकाश खुल्यो भने बढ्छ। 

२४ घण्टामा सबैभन्दा कममा झरेको तापक्रमलाई न्यूनतम र सबैभन्दा माथि जतिसम्म उक्लिन्छ, त्यसलाई अधिकतम तापक्रम भनिन्छ।

सामान्यतया हरेक दिन न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम ५:४५ बजे मापन हुन्छ। 

मौसमविद् कँडेलका अनुसार अहिले बिहान काठमाडौँ उपत्यकामा पनि हुस्सु लागिरहेको छ। तर घाम लाग्दै जाँदा यो हटेर जान्छ। ‘आज उपत्यकाको मौसम मुख्यतया सफा रहने देखिन्छ’, उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad